फुट्न थाल्यो जानकी मन्दिरको मार्बल, सौन्दर्यीकरणको नाउँमा करोडौंको घोटाला

जनकपुरधाम, जेठ १४ । मधेश प्रदेशको राजधानी जनकपुधामस्थित जानकी मन्दिरमा लगाइएका मार्बलहरु फुट्ने क्रम शुरु भएको छ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मन्दिरको सौन्दर्यीकरणका लागि प्रयोग गरिएका मार्बलहरु गुणस्तरहीन भएकोले फुट्न थालेको हो ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले मन्दिरमा लगाइएका मार्बल तथा सम्बन्धित योजनाको छानबिन गर्नु पर्ने माग गरेका छन् । उनले भने “मैले शुरुमा धेरै विरोध गरे, मौलिकता नष्ट गर्ने गरि काम गरिएको छ, यूवाहरुले पनि त्यत्तिबेला विरोध गरे, पछि सबै चुपलागे, म एक्लै कति विरोध गर्ने ?”


झण्डै ७० करोड भन्दा बढीको लगानीमा मुख्यमन्त्रीको कार्यालयले टेण्डर मार्फत फेर्न लगाएका मार्बल कमसल रहेको यूवा अगुवा सरोज मिश्रको भनाई छ । उनले भने “ करोडौंको घोटाला भएको छ, यसको छानिबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पटक पटक जानकारी गराइएको छ, यस कार्यमा संलग्न तत्कालिन इन्जिनीयर तथा अन्य सरोकारवालाहरुलाई अनुसन्धान गरि कारवाही हुन्ु पर्छ ।”
विश्वसम्पदा सूचीमा सूचीकृत गराउन अभियान चलिरहँदा सरकारी कामको उदासीनता र अपरादर्शीताको व्यापक आलोचना भइरहेको छ ।

By अपडेट जनकपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts