मधेशको आन्तरिक मन्त्रालयको नाम अब गृह तथा सञ्चार

जनकपुरधाम, जेठ १४ । मधेश प्रदेशको आन्तरिक मामिला मन्त्रालयको नाम तेस्रो पटक परिवर्तन गरिएको छ । प्रदेश स्थापना हुँदा आन्तरिक मामिला तथा कानुन नाम रहेको मन्त्रालयको एक बर्षअघि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय बनाइएको थियो । यो मन्त्रालयको नाम तेस्रो पटक परिवर्तन गरेर गृह तथा सञ्चार मन्त्रालय राखिएको छ ।

मन्त्री भरत साहले ६ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरिएको जानकारी दिए । मन्त्रालयको नाम कानुन बमोजिम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरिएको मन्त्री साहको भनाइ छ । उनका अनुसार जिम्मेवारी अनुसारकै मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय राखिएको छ । सरकारमा सहभागी पूर्व राजपाका मन्त्रीलाई एक बर्षअघि बर्खास्त गरिएपछि सरकारलाई टिकाइराख्न मुख्यमन्त्री लालबाबु राउतले तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई फुटाएका थिए ।

By अपडेट जनकपुर

Leave a Reply

Your email address will not be published.

Related Posts