लागुऔषधसहित यूवक पक्राउ

जनकपुरधाम,जेठ १३ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ स्थित क्याम्पस चोकबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक यूवकलाई पक्राउ गरेको छ । शंकास्पद रूपमा मुरली चोक तर्फ आउँदै गरेको अवस्थामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ३ बस्ने चुनचुन सहनी(१९) लाई प्रहरीले पक्राउ गरेको हो । गोजीमा लुकाई छिपाई राखेको अवस्थामा ६ दर्जन भन्दा बढी प्रतिबन्धित लागु औषधसहित पक्राउ परेका सहनीलाई लागु औषध शिर्षक मुद्दामा म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

By अपडेट जनकपुर

Leave a Reply

Your email address will not be published.

Related Posts